Date : 2020-07-26 | Source : www.nepalipaisa.com
काठमाडौं : भारतका मध्य प्रदेश मुख्यमन्त्री शिवराज सिंह चौहानलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मुख्यमन्त्री चौहानले ट्वीट गरेर आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएको भारतीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् । उनले आफ्नो सम्पर्कमा आएका व्यक्तिलाई क्वारेन्टाइनमा बस्न पनि आग्रह गरेका छन् ।